नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । ओलीले पूर्वमाओवादी तर्फका तीन जना नेतालाई मन्त्री बनाएका छन् ।
जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा आएका छन् । टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।
प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।
