नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन)को निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित स्वनामको शुक्रबार साँझ मोडेल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानाकारी दिएको छ।
उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन्। म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो।
उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए।
