मन्त्री नपाएपछि प्रचण्ड–नेपालतिरै फर्किए छक्कबहादुर लामा

मन्त्री पद नपाएपछि नेकपा केन्द्रीय सदस्य छक्कबहादुर लामाले प्रधानमन्त्री केपी ओलीको पक्षधरता अस्वीकार गरेका छन् । मन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका लामाले मन्त्री पद नपाएपछि अर्को पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षमा लागेका हुन् ।

शुक्रवार भएको मन्त्रिपरिषद् विस्तारमा लामालाई मन्त्री नबनाएपछि शनिवार एक विज्ञप्ति जारी गर्दै आफूले लाइन परिवर्तन गरेको जनाएका छन् । नेकपा स्रोतका अनुसार ओलीतिर रहँदा पनि लामाले मन्त्री हुन नपाउने देखेपछि पुनः प्रचण्डतिरै फर्किएका हुन् ।



मन्त्री नपाएपछि आक्रोशित लामाले ओली नेतृत्वको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सदस्य अस्वीकार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर प्रचण्ड–नेपाल पक्षमा रहेको जनाएका छन् ।

सम्बन्धित समाचार