ओली सरकारले मात्रै मुलुक र जनताको हित गर्न सक्छः मन्त्री रायमाझी

प्रधानमन्त्री केपी ओलीको सरकारले मात्रै मुलुक र जनताको हित गर्न सक्ने उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् । ललितपुरको टौखेलमा शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुर १ को क्षेत्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु सुशिला नेपाल, हरिकृष्ण ब्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाल लगायतका बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षडयन्त्रका कारण मुलुकमा राजनितिक अस्थिरता आएको तर्क गरे ।



कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।

सम्बन्धित समाचार