सूर्य चिन्ह नेकपाको केपी ओली समूहले पाउँछ – उपप्रधानमन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका छन । शनिबार काठमाडौं क्षेत्र नम्बर पाँचले आयोजना गरेको कार्यक्रममा उनले सूर्य चिन्ह नेकपाको केपी ओली समूहले पाउने दाबी गरेका हुन ।

नेकपाभित्रका सदस्यलाई पूर्व एमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने पनि बताए । भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृत्ति त्याग्नुपर्ने भन्दै उनले पार्टीका लागि लड्नेहरुलाई निराश नपार्ने बताए ।



नेता पोखरेलले नेकपालाई फुट नभई बलियो बनाए लैजाने तर्क पनि गरे । पार्टी बिभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उद्देश्य पुरा गर्न पनि एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार