अविश्वासको प्रस्ताव तयारी गर्दै गर्दा मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई गरे पदमुक्त

प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन्। प्रदेश १ सरकारका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदै गर्दा आफूलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्री आङ्बोले बताए।

उनले भने, ‘अविश्वासको प्रस्ताव तयार हुँदै गरेको थाहा पाएर होला मलाई पदमुक्त गर्नु भएछ।’ अब आफूलाई अविश्वासको प्रस्तावको प्रस्तावक बन्न सजिलो भएको आङ्बोले बताए।



नेकपाभित्र देखिएको दुई धारको प्रत्यक्ष असर अहिले प्रदेश सरकारहरूमा देखिएको छ। शुक्रबार मात्र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

सम्बन्धित समाचार