चिनियाँ टोली राष्ट्रपति भण्डारीसँग भेटघाटमा

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको ४ सदस्यीय प्रतिनिधिमण्डलले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेको छ । आइतवार अपराह्न विशेष विमानमार्फत आएको चिनियाँ प्रतिनिधिमण्डल बालुवाटारस्थित चिनियाँ दुतावासमा एकछिन बसेर राष्ट्रपति कार्यालय शितलनिवास निस्केको हो ।

उक्त टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, विभाजित नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।



संसद विघटनसँगै नेपालमा संवैधानिक संकट बढेका बेला चिनियाँ टोलीको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सत्तारूढ दल नेकपाभित्र यसअघि विवाद देखिँदा पनि चीन सक्रिय भएको थियो ।

सम्बन्धित समाचार