नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्। नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
साँझ ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले चिनियाँ भ्रमणबारे राष्ट्रपतिसँग परामर्श गर्ने अनुमान गरिएको छ। चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टी एकतालाई बचाउन आग्रह गरेका थिए ।
त्यसो त चिनियाँ टोलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई पनि पार्टी एकता बचाउन आग्रह गरेका थिए । प्रचण्डले चिनियाँ टोलीसँग ओलीले संसद् विघटनको निर्णय फिर्ता लिएमा पार्टी एकता बच्ने सम्भावना रहने बताएका थिए ।
