झलनाथ खनाललाई पनि भेट्यो चिनियाँ प्रतिनिधिमण्डलले, गर्यो यस्तो आग्रह

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ। खनाल निवास डल्लुमा झण्डै १ घण्टा कुराकानी भएको थियो।

दुई पार्टी र दुई देशबीचको सम्वन्धलाई अझ राम्रो बनाउने, सुदृढ गर्ने बारेमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। प्रतिनिधिमण्डलले खनालसँग नेपालको वर्तमान परिस्थितिको बारेमा जिज्ञासा समेत राखेको थियो। नेकपाको एकताका बारेमा पनि टोलीले जिज्ञाशा राखेको बताइन्छ । विघटित नेकपालाई एक गराउने कार्यको नेतृत्व गर्न छोलीले खनाललाई आग्रह गरेको स्रोतले बतायो ।



चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचो सहित ४ सदस्य प्रतिनिधि मण्डलले आइतबार राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यस्तै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालालई समेत भेट गरेको थियो। सो टोलीले आजै जसपाका अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार