नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज (मंगलबार) बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्रीमा झरेको हो। यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।
आज प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
