नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटवार्ता गरेको छ।सभामुख सापकोटासँगको भेटमा चिनियाँ टोलीले संसद पुनर्स्थापना गरेर चलाउन कत्तिको सम्भव छ भनेर सोधेको स्रोतले जनाएको छ।
आइतबार काठमाडौं ओर्लिएको चिनियाँ टोलीले तीन दिनयता नेकपा विभाजनलाई केन्द्रविन्दुमा राख्दै निरन्तर राजनीतिक भेटवार्ता गरिरहेको छ। आइतबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको टोलीले सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटेको थियो।
टोलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतनि केही शीर्ष नेतासँग भेट गर्ने बताइएको छ।
