सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे ओली पक्षका मन्त्री

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ आइनपुगेको  बताए।



डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

सम्बन्धित समाचार