नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो।
चार दिने नेपाल भ्रमणका क्रममा सो उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो। आइतबार दिउँसो काठमाडौं ओर्लिएको टोलीले सोहीदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।
टाेलीले नेकपालाई मिलाउन प्रयास गरेपनि सफल भने हुन सकेन । संसद पुर्नस्थापना गरेर नेकपालाई फुटबाट जोगाउन सकिन्छ कि भनेर सो टोलीले नेकपाका शीर्ष नेताहरुलाई चीनका राष्ट्रपतिको सन्देश भन्दै दवाव दिएको थियो ।
