नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा पूर्व-ऊर्जामन्त्री वर्षमान पुनले वैशाखमा चुनाव नहुने दाबी गरेको छन्। उनले गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन तोके पनि चुनाव नहुने दाबी गरेका हुन्।
उनले वैशाखपछि ओली सरकार पनि नरहने दाबी गरेको छन्। ‘वैशाखमा निर्वाचन हुँदैन। उहाँ प्रधानमन्त्री रहिरहनु हुँदैन’ उनले भने। उनले ओलीको राजनीतिक जीवन नै धरापमा परेको तर्क गरे।
यसअघि मंगलबार अध्यक्ष दाहालले विरोधसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकार वैशाखपछि नरहने बताएका थिए।
