नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदमध्ये १५ जनालाई उनले संसदबाट निलम्बन गरेका हुन ।
निलम्बनमा परेका सांसदहरुमा भीम आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।
नेकपाको केन्द्रमा उत्पन्न विवादको असर क्रमशः प्रदेशमा देखिन थालेको छ । प्रदेशमा अल्पमतमा रहेका समूहलाई बहुमत हुनेहरुले अविश्वासको प्रस्ताव ल्याउने र निलम्बन गर्ने गतिविधि भैरहेका छन् ।
