आज आंशिक बदली, शनिबार र आइतबार वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।



शनिबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार