खुल्यो यौनबजार, किस गर्न भने प्रतिबन्ध

कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन विश्वभरी विस्तारै खुकुलो पार्न थालिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् ।

बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया पनि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।



रेडलाइट एरियामा जानेहरुले केही नियम पालना गरेर मात्र जानुपर्नेछ । उनीहरुले आफ्नो अनुहारबाट मास्क खोल्न पाउने छैनन् । आफूलाई राम्रोसँग सेनिटाइज गर्नेछन्, किस गर्ने छैनन् र जोडले सास फेर्न पनि पाउने छैनन् । रेडलाइट एरियामा जानुभन्दा पहिले सबै ग्राहकको तापक्रम जाँच गरिनेछ । उनीहरुको पूरा ठेगाना, फोन नम्बर नोट गरिनेछ । डान्स बारमा जानेहरु स्टेजबाट कम्तीमा २ मिटरको दूरीमा बस्नुपर्नेछ । भित्र रहेका अन्य व्यक्तिहरुसँग पनि एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।

मोइरा मोना नामकी एक यौनकर्मीले आफूले पहिले नै सुरक्षाका सबै तयारी गरिसकेको बताएकी छिन् । उनले लेटेक्स कपडा, लेदर फेस मास्क, पञ्जा, सर्जिकल फेस मास्क आदि मगाइकेकी छिन् । त्यसैले उनलाई चिन्ता छैन । उनले ग्राहकले नियम तोडे फिर्ता पठाउने बताइन् ।

सम्बन्धित समाचार