पैदलयात्रुलाई ठक्कर दिएर भागेका मन्त्री शाहले बोले झुठ, यसरी दिएको थियो गाडीले ठक्कर (भिडियो)

सर्लाहीको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार गाडी पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको छ । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।

लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) मदन कुँवरले  बताए । उनका अनुसार मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो । घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।



यता मन्त्री साहले भने ती पैदलयात्री ‘झुक्किएर’ लडेको दाबि गरेका छन् । ‘झुक्किएर’ लडेका ती व्यक्तिलाई केही नभएको सुनिश्चित भएपछि आफूहरु त्यहाँबाट हिँडेको र मिडियाले सो विषयलाई अतिरञ्जित बनाएको उनको दाबी छ । उनले आफ्नो सवारीलाई सुरक्षा दिनु साटो गलत सूचना प्रवाह गरेकोमा प्रहरीको समेत आलोचना गरेका छन् ।

तर, भिडियोमा दुर्घटनापछि कोही पनि गाडीमा उत्रेर घाइते पैदलयात्रीसँग सोधपुछ गरेको देखिँदैन । बरु भिड जम्मा हुन थालेपछि मन्त्रीको गाडी त्यहाँबाट तीव्र गतिमा भागेको देखिन्छ ।

सम्बन्धित समाचार