ओलीले देशमा आगो लगाए, कांग्रेस भने खरानीका लागि दौडिदैछः डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा आगो लाग्दा कांग्रेस भने निभाउनको साटो खरानीका लागि दौडिन थालेको आरोप लगाएका छन्। आइतबार बिहानै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले प्रधानमन्त्री केपी ओलीलाई कुपुत्रको संज्ञा दिँदै यस्तो आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नु देशमा आगो लगाएसरह भएको उनको भनाई थियो। प्रतिनिधि सभा विघटन गरेसँगै सरकारले निर्वाचनसमेत घोषणा गरिसकेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसबेलामा निर्वाचनमा गए फाइदा नै हुने भएकाले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक भने पनि कांग्रेसले यसको पुनर्स्थापना हुनुपर्छ भन्ने विषयमा भने खासै जोड दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले नै बोल्नु उचित नहुने बताउँदै आएका छन्।



यता जसपा भने सडक आन्दोलनमा छ। यही विषयमा आफ्नो आर्किटेक्ट अनुभूति सेयर गर्दै लोकतान्त्रिक गणतन्त्रिक घरमा ठूलो कोठामा सुत्ने झगडामा ओलीले घरै जलाइदिएको आरोप बाबुरामले लगाएका हुन्। उनले भनेका छन्, ‘एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहनतले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए१ केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ!’

सम्बन्धित समाचार