प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी, महासचिव र जिल्ला नेतृत्वको टुंगो लगाईने

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ। आइतबार दिउँसो १ बजे पेरिसडाँडामा शुरु भएको बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने स्रोतले जनाएको छ।

नेकपामा विभाजनपछि ओली पक्षले प्रदेशको नेतृत्वको टुंगो लगाए पनि प्रचण्ड–नेपाल समूहले भने अहिलेसम्म लगाएको छैन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघठनपछि नेकपामा विभाजन आएको छ। प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ। उक्त समूहले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ।



आजको बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणको घोषित आन्दोलनका विषयमा समेत छलफल हुने बताइएको छ। त्यस्तै विभाजनका क्रममा महासचिव विष्णु पौडेल ओली समूहमा लागेपछि रिक्त रहेको महासचिवका विषयमा पनि छलफल हुने भएको छ ।

सम्बन्धित समाचार