नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।
बैठक आज बेलुका ४ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले चुनावको तयारीबारे पनि छलफल गर्ने बताइएको छ ।
यता मन्त्रपरिषद् पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि पेसीका लागि चढ्दै छ । हिजो पनि पेसीका लागि चढाइएको भएपनि न्यायाधीशहरूले ‘हेर्न नभ्याउने’ जनाएर इजलास टुंयाएका थिए ।
