गृहमन्त्रीलाई गृहजिल्ला चितवनमा कालोझण्डा

गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् ।

यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।



नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् । पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।

सम्बन्धित समाचार