प्रधानमन्त्री ओलीबाट देशलाई गृहयुद्धमा धकेल्ने काम भयोः कृष्ण पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताए ।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उनको भनाइ छ । प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको मानव अधिकारकर्मी पहाडीले बताए।



यस्तै प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि पटक–पटक गैर–संवैधानिक कामको सिलसिलालाई प्रारम्भ गरेको पनि उनले आरोप लगाए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्न सक्ने बताए ।

सम्बन्धित समाचार