मौसम प्रभावित हुँदा रोकिए उडान

मौसममा आएको बदलीसँगै तराईका केही उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले तराईका केही ठाउँमा उडान अवरुद्ध भएको जानकारी दिए ।

उनका अनुसार, विराटनगर, भैरहवा र जनकपुर विमानस्थलमा उडान रोकिएका हुन् । त्रिभुवन विमानस्थलमा उडानको अवस्था सामान्य रहेको प्रवक्ता कर्णले बताए । मौसममा बदली भएपनि यसले यहाँ विमानस्थलमा असर गरेको छैन, उडान सामान्य नै छ, उनले भने ।



उनका अनुसार, अन्य पहाडी भेगमा रहेका विमानस्थलहरूमा पनि उडानलाई मौसमले प्रभावित पारेको छैन ।

सम्बन्धित समाचार