जबज र एमाले दुवैको अस्तित्व छैन: योगेश भट्टराई

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको बताएका छन्। प्रतिगामी कदम चालेर त्यसलाई जबज अघि सारेर लुकाउन खोजिएको उनले बताएका हुन्। जबज एमाले र माओवादी एकीकरण हुँदा नै परिष्कृत भएर समाजवादउन्मुख जनताको जनवाद भएको बताएका हुन्। त्यसैले जबज र एमाले दुवैको अस्तित्व नभएको उनको भनाइ छ।

ओली पक्षले एमालेको संवेदना र जबजको लिगेसीबाट अघि बढ्ने संकेत देखाएको बेला उनले यस्तो बताएका हुन्। यसैगरी पूर्व एमाले एक ठाउँ आउने भन्ने विषयले २०६२-०६३ अघि पुर्‍याउने बताए। त्यसले फेरि द्वन्द्व निम्त्याउने र राजा ल्याउने बाटो भएको बताएका हुन्।



उनले यो नेकपाबीचको नभई अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताए। उनले भने, ‘ यो अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो। यो संविधान मान्ने र नमान्नेबीचको लडाइँ हो। त्यसैले नेकपाको लडाइँमात्रै ठान्नु हुँदैन।’

सम्बन्धित समाचार