सत्ताले मानिसलाई बिगार्दो रहेछ, ओलीलाई पनि बिगार्योः माधव नेपाल

नेकपाका प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमले मुलुकमा अनिष्ट निम्ताउने खतरा बढ्ने आँकलन गरेका छन्।

नेपालले प्रधानमन्त्री ओलीबाट मुलुकमा संकटकाल लगाउने तयारी भएको आफूले सुनेको तर त्यस्ता षड्यन्त्र सफल नहुने दाबी गरेका छन्। राजधानीमा बुधबार आयोजित प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको विरुद्धमा राजनीतिक पार्टीहरुको अन्तरक्रियामा नेपालले ओलीले पार्टीभित्रको झमेलाको समाना गर्नुको साटो घर नै भत्काएको निष्कर्ष नेपालले निकाले।



उनले भने, ‘सत्ताले मानिसलाई बिगार्दो रहेछ। ओलीलाई पनि बिगारेको छ। सिंगो संविधान र गणतन्त्रमाथि प्रहार गरेका छन्।’

सम्बन्धित समाचार