नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताएका छन् । बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताए बताए ।
‘प्रधानमन्त्रीले संविधान कुल्चिएर विघटन गर्नुभएको छ । साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो भने संसद् विघटनको सिफारिस दिउँसो भएको छ। प्रधानमन्त्रीले संसद् कुल्चिएको अवस्थामा म संविधानको पालना गर्छु । प्रतिनिधिसभाको अविश्वासको प्रस्तावमाथि छलफल गराउन चाहन्छु भनेर सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ,’ मिश्रले भने ।
उनले संसद् विघटन संविधानमाथिको ‘कू’ भएको बताउनको भनाइ थियो । मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए । राजनीतिक दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको उनको भनाइ थियो।
मिश्रले अबको प्रमुख पार्टीहरुले सयुक्त आन्दोलनका लागि तयार हुनपर्ने बताए । संसद विघटनपछि कांग्रेसका केही नेताहरुले निर्वाचनमा जानुपर्नेमा जोडिएको भन्दै मिश्रले भने, कांग्रेसका केही नेताले सार्वजनिक रुपमा लोकतन्त्रमा निर्वाचन फेस गर्नुपर्छ भन्नु भएको छ । यदि लोकतन्त्रमा फेस गर्ने मतदाता नै हो भने पूर्वराजाले बोलाएको निर्वाचनमा भाग लिएको भए भइहाल्थ्यो नि ? उनको प्रश्न छ ।
