वामदेवले पहिलोपटक आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आजको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतले सम्बोधन गर्ने भएका छन् । गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि आज पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

यसअघि १७ गते बसेको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गरेका थिए ।



आज गौतमका अलावा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई, सदस्य रामनारायण बिडारी लगायतले सम्बोधन गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार