पार्टी विभाजनपछि पहिलोपटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओली आज सुदुरपश्चिमको धनगढी जाने भएका छन् । आफु निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।

भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको हो । पार्टी विभाजन भएपछि ओली उपत्यका बाहिरको कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् ।



प्रधानमन्त्री ओलि शुक्रबार बिहान श्रीएरलाईन्स मार्फत धनगढी जाने कार्यक्रम रहेको छ । उनी आजै काठमाडौं फर्कनेछन् ।

सम्बन्धित समाचार