नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

पोर्चुगलबाट शुक्रबार नेपाल आउने तयारी गरेका एक युवकले आत्माहत्या गरेका छन् । २ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले विहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए। यसबीचमा उनले परिवारलाई समेत कल गरेको देखिएको छ।
उनले किन र के कारणले आत्महत्या गरेका त्यो अझै सम्म खुल्न सकेको छैन।
यस्तो थियो उनको फेसबुक स्टाटस
‘मिल्ने भए दुस्ख हटाइ खुसी किन्थेँ आमा,
आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा
तिम्रो दुधको भारा कसरी तिर्नु म
लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’
