प्रधानमन्त्रीले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसे: नारायणकाजी

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको बताएका छन्। शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए।

प्रतिनिधिसभा विघटन गर्नै कदम असंवैधानिक मात्रै होइन, यो अलोकतान्त्रिक हो, यो प्रतिगामी हो र यो स्वेच्छचारी र निरंकुश कदम हो’, उनले भने, ‘यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धीहरुलाई खोस्ने र अपहरित गर्ने काम गरेको छ।’



प्रधानमन्त्री ओलीले चालेका कदम तत्कालको एउटा प्रतिगामी कदम मात्र नभई समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने आशंका उब्जेको बताए। ‘यो तत्कालको एउटा प्रतिगामी कदम मात्र होइन, यसले समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने ठूलो आशंका पैदा गरेको छ’, उनले भने।

सम्बन्धित समाचार