‘संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई घर फर्काइन्छ’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्। शनिबार कांग्रसले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने बताएका हुन्।

उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि पहिलो काम प्रधानमन्त्री र राष्ट्रपतिलाई बिदा गर्ने हुने बताए। ‘संसद पुनःस्थाना भएपछि पहिलो काम प्रधानमन्त्रीलाई घर फर्काइन्छ, उहाँले बनाउन लगाएको भ्यु टावरमा लगेर एकपटक दमक हेर्न लगाइन्छ’, उनले भने, ‘संसद पुनःस्थाना भएपछि महामहिम राष्ट्रपतिलाई पनि चपली ल्याइन्छ, चपलीको बाटो पनि हेर्दै गर्नुहोला।’



उनले पुनःस्थापित संसदले मात्रै नयाँ चुनाव गर्ने बताए। ‘चुनावमा देश जान्छ, आफ्नो बेलामा चुनाव हुन्छ’, उनले भने, ‘काग्रेस कार्यकर्ता अल्मिलनु हुँदैन आजको एजेन्डा भनेको प्रतिनिधिसभा पुनःस्थापना हो।’

सम्बन्धित समाचार