सुवास नेम्वाङ र अग्नि खरेल ओलीजस्तो तानाशाहको जागिरे मात्र बने : झलनाथ खनाल

नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो व्यक्तित्व बिर्सेर केपी शर्मा ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाएका छन् । शनिबार काठमाडौंको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले धारा ७६ बनाउने क्रममा छलफलमा अनेकौं घण्टा बिताएको स्मरण गर्दै सो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङलाई पनि थाहा भएको बताएका हुन् ।

उनले नेम्वाङ र खरेलका भनाइहरू अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहकाले प्रधानमन्त्रीको संवैधानिक कदममा उनीहरू जागिरे जस्तो भएर बसेको टिप्पण गरेका हुन् । ‘यो कुरा सुवास नेम्वाङलाई थाहा छैन रु यो कुरा महान्यायाधीवक्ता अग्नि खेरललेलाई थाहा छैन रु थाहा छ, उनीहरूले विभिन्न वक्ताव्यमा भनेका छन्, मिडियामा बोलेका छन् । उनीहरूका कमिटमेन्टहरू अहिले पनि भाइरल भइरहेको अवस्था छ’ उनले भने ।



उनले ओलीलाई तानाशाहको संज्ञा दिँदै ओलीले असंवैधानिक कदम चाल्दा पनि नेम्वाङ र खरेल जागिरेजस्तो भएर चुप बसेको बताए । ‘नेम्वाङ र खरेल आज केपी ओलीजस्तो तानशाहका पछाडि एउटा जागिरेजस्तो भएर बसेका छन्’ उनले भने ।

उनीहरूसँग पनि आफ्नो व्यक्तित्व भएकाले फरक ढंगले अगाडि बढ्न पनि उनले आग्रह गरे । उनले भने, ‘सोचुन् उनीहरूको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन भन्ने हामी चाहन्छौँ ।’

उनले देशलाई समृद्धितर्फ लैजान स्थिरताका लागि विगतका अनुभवका आधारमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताए । उनले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना रहुँजेल संसद विगठन हुन नहुने प्रावधान राखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार