आफ्नै गृहजिल्लामा पद्मा अर्याललाई कालाे झण्डा

कृषि मन्त्री पद्मा अर्याललाई आफ्नै गृहजिल्ला स्याङ्जामा कालो झण्डा देखाइएको छ । उनलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न स्याङ्जा पुगेकी अर्याललाई नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाउँदै विरोध जनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तरगत स्याङ्जाको वालिङमा प्रदेश स्तरीय विरोध कार्यक्रमकै क्रममा मन्त्रीलाई कालो झण्डा देखाइएको बताइएको छ ।



कालो झण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।

सम्बन्धित समाचार