विवेकशील साझाका अध्यक्षलाई प्रधानमन्त्रीका सल्लाहकारले दिए यस्तो चेतावनी

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले रिमालले मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रेटी भएपनि त्यससँग समयले जवाफमा माग्ने भन्दै सीमामा बस्न चेतावनी दिएका हुन् ।

रवीन्द्र मिश्रले ट्विट गर्दै लेखेका थिए, ‘ कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री-राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’



सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘ सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

त्यसको जवाफमा रवीन्द्र मिश्रले लेखेका छन्, प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र।

सम्बन्धित समाचार