नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मुलुकका केही भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । यद्यपि देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सोमबार प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
