नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्डसँगको संगतका कारण भीम रावलले पनि बैंक खाता लुट्न सिकेको आरोप लगाएका छन् ।
‘केपी ओलीको संगत गर्दा पीएचडी गरेका थिए, प्रचण्डसँगको संगतका कारण बैंक लुट्न सिकेछन्,’ बस्नेतले भने ।
‘सूर्य चुनाव चिह्न लिने भए नेकपामा फर्किनुको विकल्प छैन । होइन भने अब प्रचण्ड, माधव नेपालहरु स्वतन्त्र वाम नेता बनेर बसे हुन्छ ।’ बस्नेतले भने ।
