मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रियसभा अधिवेशन अन्त्यको तयारी

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । स्रोतका अनुसार आजको बैठकले १७ पुसदेखि शुरु भएको राष्ट्रियसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।

मन्त्रिपरिषद् बैठकपछि आज नै प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिनिधि सभा विघटनको विषयमा आरोप प्रत्यारोप चलेपछि राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्ने निष्कर्षमा ओली पुगेको स्रोतले बतायो ।

सम्बन्धित समाचार