प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजोमात्र भारतबाट फर्किएका थिए ।

सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेपछि यसविषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो । आजै बसेको मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ।



साथै सचिवालयको आजको बैठकमा संसद् विघटनविरुद्वको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने भएको छ ।

सम्बन्धित समाचार