कांग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौं: नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि कांग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गरे ।

भण्डारीले कांग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।



कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार