नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।
भारतमा कोरोनाको नयाँ प्रजाति भेटिएको छ । संचारमाध्यमका अनुसार मुम्बईमा तीन जनामा जारी नभेटिएको कोरोनाको नयाँ स्ट्रेन (प्रकार) को संक्रमण देखिएको बताइएको छ । संसारभर नयाँ प्रजातिको कोरोना भेटिएका बेला चिन्ताको कुरा त के छ भने यो नयाँ कोरोनासँग लड्न शरीरको एन्डिबडी (प्रतिरक्षा प्रणाली) ले समेत काम नगर्ने देखिएको छ।
वैज्ञानिकहरूले भारतमा भेटिएको कोरोनाको यो नयाँ स्ट्रेनलाई ‘ई-४८४’ बताएका छन् । सेन्टर फर होमियोप्याथी विभागका प्राध्यापक डाक्टर निखिल पटकरका अनुसार यो दक्षिण अफ्रिकामा फेला परेका तीन म्युटेन्ट्स (‘के-४१७ ए’, ‘ई ४८४ के’ र ‘एन ५०१ वाई’) जस्तै छ।
भारतमा मात्र भेटिएको कोरोनाको यो नयाँ रूप दक्षिण अफ्रिकामा फेला परेको प्रकारसँग मिल्दोजुल्दो देखिएको छ। उनको समूहले कोरोनाका ७ सय नमुनाको जिनोम सिक्वेन्सिङ गरेको थियो। जसमध्ये ३ नमुनामा कोरोनाको ‘ई ४८४ के’ प्रकार फला परेको हो। यी तीन बिरामी गत सेप्टेम्बरमा संक्रमित भएका थिए। उनीहरू ३०, ३२ र ४३ वर्षका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यो तथ्य मुम्बईस्थित टाटा मेमोरियल सेन्टरका वैज्ञानिकले पुष्टि गरेका हुन्।