नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

रोजगारीको सिलसिलामा मलेसिया गएका २७५ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । २०२० को जनवरीदेखि डिसेम्बर अन्त्य सम्ममा विभिन्न कारण २७५ जना नेपाली श्रमिकले ज्यान गुमाएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए ।
दूतावासले साप्ताहिक रुपमा गर्ने फेसबुक लाईभ कार्यक्रममा बोल्दै सहचारी पन्थीले आत्महत्या, सडक दुर्घटना, विभिन्न कम्पनीहरुको भित्र दुर्घटना, विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो ।
मलेसियामा आत्महत्या गर्ने तथा सुतेकै अवस्थामा मृत भेटिने नेपालीको सङ्ख्या अलिक बढी रहेको उनले बताए । रोजगारीका लागि यहाँ आएका नेपालीले अनाहकमा ज्यान गुमाउने गरेको देख्दा दूतावास निक्कै दुखित रहेको समेत उनले बताए ।
