प्रचण्ड–माधव समूहलाई निर्वाचन आयोगले भन्यो-‘निर्वाचन प्रक्रिया रोक्न मिल्दैन’

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका नेतालाई सरकारले निर्वाचन तोकेपछि प्रक्रिया अगाडि बढाउनुपर्ने निर्वाचन आयोगले बताएको छ। आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधि रोक्न अनुरोधका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको थियो।

सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउन न्यायको दृष्टिले नमिल्ने भएकाले निर्वाचन आयोगमा गएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। ‘अहिले निर्वाचन प्रक्रिया अगाडि बढाउन मिल्दैन। सर्वोच्चको निर्णयपछि तपाईंहरूको प्रक्रिया बढाउनुहोस् भनेर ध्यानाकर्षण गराएका छौं,’ उनले भने।



निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन अध्यक्षद्वय प्रचण्ड, नेपाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी गएका थिए। सरकारले निर्वाचनको मिति नै तोकिदिएपछि निर्वाचनको काम बढाउनुपर्ने आयोगले बताएको सांसद पोखरेलले जानकारी दिए। आयोगले संविधानबाहिर गएर काम गर्न नसक्ने भन्दै यसअघिको अभ्यासलाई हेरेर मात्र निर्वाचनको सामान्य तयारी गर्नुपर्ने जनाएको छ।

सम्बन्धित समाचार