संसद पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच होः मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय वर्तमान सरकारको अग्रगामी कदम भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नुपरेको उल्लेख गरे ।

संसद् विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको भन्दै नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मन्त्री रायमाझीले भने, ‘संसद पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो ।’ पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको भन्दै मन्त्री रायमाझीले पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिएको दाबी गरे ।



सरकारले गरेको राम्रा कामको प्रशंसाले केपी ओलीले एकछात्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भएको मन्त्री रायमाझीले बताए ।

सम्बन्धित समाचार