नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढेसँगै देशैभर फाउन्डेशनको नाममा विभिन्न कार्यक्रम भइरहेको बेला मंगलबारको वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले फाउन्डेशनलाई नगद ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल फाउन्डेशनका केन्द्रीय सदस्य हुन् । फाउन्डेशन तत्कालीन एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएको संस्था हो ।
फाउन्डेशनका संस्थापक अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र केन्द्रीय अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण छिन् । हालै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट नेकपाले हटाएको छ ।
