नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङ सर्वोच्च अदालत पुगेका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई चलिरहेकै समयमा रिट निवेदकमध्येका एक देव गुरुङ सर्वोच्च अदालत पुगेका हुन्।
तत्कालीन नेकपाको संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासको माग माग गरेका थिए। बुधबारबाट उक्त रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ।
यसअघिको सुनुवाईमा रिट निवेदक वकिलहरुमात्र सहभागी हुँदै आएका थिए भने आजको सुनुवाईमा नेता गुरुङ पनि पुगेका हुन्।
