नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ । बुधबार बिहान प्रचण्ड-माधव समूहको अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।
नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियूले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो ।
कालो झण्डा देखाउँदै अनेरास्ववियूका नेताले ओली सरकारविरुद्ध नारासमेत लगाएका थिए । ओली समूहको विस्तारित बैठक निर्माण व्यवसायी संघको सभाहलमा शुरु भएको छ । बैठकमा सहभागी हुनका लागि नेकपा सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट र प्रदेश कमिटी अध्यक्ष कर्ण थापा डडेल्धुरा पुगेका छन् ।
