नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा पहिलो नम्बरमा कृष्णबहादुर महत परेका छन् भने ११ औं नम्बरमा मोहन प्रसाद पोखरेल रहेका छन् ।
बढुवा सिफारिसमा पर्नेहरुमा क्रमशः कृष्णबहादुर महत, गोविन्द कुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द डकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा, चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मदुसुधन लुइटेल र मोहन प्रसाद पोखरेल रहेका छन् ।

