सूर्य चिन्ह हत्याउन ओली पक्षको नयाँ फन्डा, निर्वाचन आयोग पुगेर गर्यो यस्तो तर्क

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै पक्षले निर्वाचन आयोगलाई लिखित जवाफ पठाएको छ। सूर्य चिन्ह हत्याउन ओली पक्षले नयाँ फन्डा अपनाएको पाइएको छ । ओली समूहबाट नेता सुवासचन्द्र नेम्बाङको टोली आयोग पुगेको बुझाएको पत्रमा पार्टी नै विभाजन नभएको दाबी गरिएको छ। साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै अरूले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकता भंग गरेको घोषणा गरेको हुने ओलीको तर्क छ।

ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरे झै (नेकपा) विभाजन भएको छैन र होइन,’ लेखेका छन्। आफ्नो नेतृत्वमा आगामी मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी पार्टीको प्रथम अध्यक्षको नाताले पार्टी एकीकरणको मर्म अनुरूप र विधानअनुसार गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड दोस्रो अध्यक्ष रहेको उल्लेख गरिएको छ।



प्रचण्ड–माधव समूहले पेश गरेको माइन्यूटमा हस्ताक्षर गर्नेहरू मध्ये धेरैले आफूहरूले बोलाएको बैठकमा पनि हस्ताक्षर गरेको ओली पक्षको दाबी छ। आयोगका प्रवक्ता श्रेष्ठले भने दुबै समूहले पेश गरेको विवरणअनुसार आयोगले निर्णय लिने बताए।

आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र अर्थात बुधबारसम्म ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो।

सम्बन्धित समाचार