परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै, सीमा विवाद र कोरोनाविरुद्धको खोप मुख्य एजेण्डा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन्। भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन्।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् ।



भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।

 

सम्बन्धित समाचार